सवारी साधन किन्न प्रहरीले माग्यो तीन अर्ब, पायो ७५ करोड
सात सयभन्दा बढी सवारी साधन मागेको प्रहरीले १५० वटा मात्रै किन्न पाउने

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरीले १५० वटा सवारी साधन खरिद गर्न ७५ करोड रुपैयाँ बजेट पाएको छ । सात सयभन्दा बढी सवारी साधनको आवश्यक परेको भन्दै तीन अर्ब बजेट माग गरेकोमा ७५ करोड रुपैयाँ मात्रै प्राप्त गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरीले सवारी साधन खरिद गर्न ७५ करोड रुपैयाँ प्राप्त गरेको यकिन गरे । उनले मेरोन्यूजसँग भने, ‘सवारी साधन खरिदका लागि ७५ करोड विनियोजन भएको भन्ने छ, थप विवरण आउन बाँकी छ ।’
‘सवारी साधन खरिदका लागि नेपाल प्रहरीलाई रकम विनियोजन गरेको कुरा हिजो नै निर्णय भएको हो, यद्यपि विस्तृत विवरण भने आइसकेको छैन,’ गृह मन्त्रालयका सूचना अधिकारी तथा सहप्रवक्ता वसन्त भट्टराईले भने ।
०७० सालमा किनेका सवारी साधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नका लागि पनि नयाँ सवारी साधनको आवश्यकता परेको प्रहरीले बताउँदै आएको छ ।
देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारी साधनका लागि बजेट उपलब्ध गराएको थिएन । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरीले एक हजार दुई सय सवारी साधन भाडामा लिएर चलाएको थियो ।
आगामी चुनावका लागि प्रहरीले एक हजार ५२९ पीकअप भ्यान, ११० वटा ‘वान टन’ गाडी र बस किन्नका लागि बजेट माग गरेको थियो । तर, प्रहरीले माग गरेबमोजिम बजेत पाउन नसकेको हो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया