शुक्रबार, मंसिर १२, २०८२

जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित

मेरोन्यूज २०७९ भदौ १३ गते १८:२१

काठमाडौँ । विश्वका १६ देशबीच भएको जीएमई हानारो कपको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२ पराजित गरेको छ ।

त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २–१ ले मंगोलियाले सीआईएस नेशन्सलाई ४–१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् । पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया