चाडपर्व लक्षित जुत्ता मेलामा ग्राहकको भिड

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चर्स एशोशिएशन अफ नेपालले भृकुटीमण्डपमा आयोजना गरेको जुत्ता चप्पल मेलामा उत्साहपूर्ण ग्राहकहरु सहभागी रहेको आयोजकले जानकारी दिएका छन् ।
भाद्र ५ गतेदेखि २० गतेसम्मका लागि सञ्चालनमा आएको सो मेलामा दशैँ तिहार कुशे औंशी, तिज तथा चाडपर्व लक्षित गरेर ग्राहकहरुलाइ कम्पनीले छुट दिँदै आएको छ ।
बजारमा पाइने छुट र मेलामा पाइने छुटमा मेलामा बढी भएको हुँदा पनि ग्राहकहरुको उत्साहपूर्ण सहभागीता रहेको छ। बढी सामानहरु बेच्ने भन्दा पनि आफ्ना ब्राण्डहरु बजारमा देखाउने चाहना स्वरुप राखिएको सामानहरुमा शुभकामना शुजले ल्याएको फस्ट वाल्क सुज र शुल्याण्डले ल्याएका श्याण्डिलहरुमा ग्राहकहरुको बढी चासो रहेको देखिन्छ ।
ह्यापी, बिएफ डियर हिल्सका नियमित ग्राहकहरु आइरहेका छन् । त्यसैगरि केटिएम, कोशेली, स्मार्ट, क्रसरोडलगायत थुप्रै ब्रान्डहरुका आफ्ना आफ्ना मोडलहरु मेलामा प्रदर्शनी का लागि राखिएको छ ।
हालसम्म २ लाख बढी ग्राहकहरुले मेलाबाट फाइदा लिएको एशोशियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरज बन्जाडेले जानकारी दिए ।
संघका अध्यक्ष नानीराज घिमिरेले स्वदेश मात्र नभै विदेशमा समेत नेपाली उत्पादन गइरहेको हुँदा आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि राज्यलाई व्यवसायी भरमजदुर सहयोग गर्न सक्षम रहेको हँदा आत्म निर्भरताको मार्ग प्रशस्त भइसकेको बताए ।















प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया