एमबान स्पोर्ट मिट २०२२ प्रतियोगता हुने

काठमाडौँ । नेपाल मर्चेण्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्थ्यी लाइफ स्टाइल’ भन्ने नारासहित पहिलोपटक ‘एमबान स्पोर्ट मिट २०२२’ अर्न्तगत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगितामा नेपाल मर्चेण्ट बैँकर संघका सदस्य संस्थाहरू साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायसमेत सहभागी हुन गइरहेका छन् । प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधामा समावेश गरिएको छ ।
उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधा हुने छ । पुरुष विधामा फुटसल प्रतिर्स्पधासमेत हुने छ । सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमको अधिनमा रहेर सञ्चालन हुने छन् ।
कार्यक्रमको उद्घाटनसहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधा भाद्र १७ र १८ गते भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने छन् । फुटसलका प्रतिर्स्पधा प्रतियोगिता समापनसहित मिति भाद्र २४ र २५ गतेका दिन चण्डोल अवस्थित ढुकु फुटसल हबमा आयोजना हुने छन् ।
















एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत
सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया