शुक्रबार, फागुन ८, २०८२

प्रचण्ड राष्ट्रपति भेट

नागरिकता विधेयकमा राजनीतिकरण नगर्न प्रचण्डको आग्रह

मेरोन्यूज २०७९ भदौ १५ गते १७:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता सम्बन्धी समस्या समाधान गर्न विधेयक ल्याएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीका नेताहरुसहित दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रचण्डले नागरिकताको समस्या हल गर्न पुरानै कुरालाई राखेर विधेयक ल्याएको बताएका थिए ।

छलफलमा सहभागी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार राष्ट्रपतिले नागरिकता विधेयमा आफ्नो चासोबारे कुरा राखेकी थिइन् । विशेष गरी वैवाहिक अंगीकृतलाई नागरिकता दिन समय तोक्ने विषय नराखेकोमा भण्डारीले प्रचण्डसँग असन्तुष्टि जनाएकी थिइन्।

जवाफमा प्रचण्डले आफ्नै अग्रसरतामा राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानको व्यवस्था राखिएको बताएका थिए ।

उक्त विधेयक अगाडि बढाउन आग्रह गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा टेबुल नगरी पाँच महिना अड्काएको प्रचण्डको आरोप थियो ।

‘हिजो ओलीजीले विधेयक पाँच महिना होल्ड गर्नुभयो, संसद विघटनपछि अध्यादेश ल्याउनुभयो,’ उनको भनाइ थियो, ‘अहिले हामीले ल्याएको विधेयकमा नयाँ कुरा के नै छ र ? यसमा बढी राजनीतिकरण गरियो । राजनीतिकरण नगरियोस् ।’

प्रतिक्रिया