नेपालमा भिभो भी २५ सिरिज स्मार्टफोनको प्रि बुकिङ खुला

काठमाडौँ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोन – भी २५ फाइभजी र भी २५ ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी २५ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउन सक्ने छन् ।
भी सिरिज उत्कृष्ट डिजाइन, शक्तिशाली प्रदर्शन र अपग्रेडेड विशेषताको साथ आउँछ । बहुप्रतिक्षित भी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । भी २५ र भी २५ई दुवैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ । जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुवै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ । जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ ।
भी २५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो । जसले उत्कृष्ट क्यामेरा क्षमता प्रदान गर्दछ । र, प्रयोगकर्तालाई स्पष्ट र स्थिर तस्वीर खिच्न मद्दत गर्दछ । भी २५ फाइभजी र भी २५ई दुवैमा ६४एमपी ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ ।
भी २५ सिरिजको दुवै स्मार्टफोनमा शक्तिशाली प्रोसेसरहरू छन् । भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी २५ई मा मिडिया टेक हेलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ । भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथै स्मुद अनुभवका लागि भी२५ सिरिजमा ८जीबी र्याम र १२८ जीबी रोम रहेको छ जसमा ८जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ ।
नयाँ स्मार्टफोेन खोजिरहेको सबैका लागि, भी२५ फाइभजी दुई वटा कलर भेरियन्ट –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ । यसको मूल्य ५२ हनार ९९९ रहेको छ ।
भिभो भी २५ई को मूल्य ४२ हजार ९९९ रुपैयाँ छ । यो दुई कलर भेरियन्ट–सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ । भी२५ सिरिज ४ सेप्टेम्बरदेखि ७ सेप्टेम्बरसम्म प्रि–बुकिङका लागि खुल्ला गरिएको छ ।














महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया