शनिबार, मंसिर १३, २०८२

नेपालको सानदार जित, भुटानमाथि ४-० गोलले विजयी

मेरोन्यूज २०७९ भदौ २१ गते १९:२९

काठमाडौँ । साफ च्याम्प्यिनसीपको उद्घाटन खेलमा नेपालले सानदार जित निकालेको छ । नेपालले भुटानमाथि ४-० गोलको सानदार जित निकालेको हो ।

नेपालका लागि सावित्री र अनिता बस्नेतले दुई-दुई गोल गरे । खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो ।

नेपालका लागि सावित्राले खेलको १२ औँ र ६८ औँ मिनेटमा व्यक्तिगत गोल गरिन् । यस्तै, ७३ औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३-० गोलको अग्रता दिलाइन् । उनले खेलको ८४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ४-० को अवस्थामा पुगेको हो ।

प्रतिक्रिया