इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छिन् ।
बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भएकी उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन् । उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताइन् ।
कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि उनको भनाई थियो । बोलाइएका पाहुनाहरु र देशवासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि उनको भनाई छ ।
‘यो जात्राको महत्व विविधतायुक्त छ । आजबाट विधिवत इन्द्रजात्रा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो । हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ । भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ,’ उपप्रमुख डंगोलले भनिन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया