ट्राफिक नियम उल्लङ्घन गर्ने थप ३४ सय ९६ चालकमाथि कारवाही
मेरोन्यूज
२०७९ भदौ २३ गते १०:३३

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने थप ३ हजार ४९६ जना चालकहरू कारवाहीमा परेका छन् । बुधबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले उनीहरुलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका प्रहरीले जनाएको छ ।
अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित
















राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया