शनिबार, पुष १२, २०८२

कोरोनाबाट दुई जनाको मृत्यु, १३३ जना निको भए

मेरोन्यूज २०७९ भदौ २४ गते १६:३८
फाइल फाेटाे

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १५२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कूल तीन हजार २९४ जनामा परीक्षण हुँदा १५२ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, १३३ जना निको भएर घर फर्किएका छन् ।

हाल देशभर दुई हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया