करातेमा अफताब र प्रिन्सलाई स्वर्ण

काठमाडौँ । बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनी फाइनलमा अफताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष ४० केजीमुनी फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराए ।
पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङतान तथा ५५ केजीमुनी बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउँदै स्वर्ण जिते ।
नेपाल आईएफकेके संघद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनी प्रदेश १ की सलिना खालिङ राई तथा ५० केजीमुनी बागमतीकी रिना माझीले बागमतीकी निङमा तामाङलाई पाखा लगाउँदै पहिलो भए । सबै स्पर्धामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।
विजेतालाई पूर्व सांसद् रामकृष्ण चित्रकार, आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठ, ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया