कति खटिदैछन् चुनावमा सुरक्षाकर्मी ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ।
आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी चुनावमा परिचालन गरिने सुरक्षाकर्मीबारे छलफल भएको थियो।
चुनावमा करिब ७५ हजार नेपाली सेना र ३२ हजार सशस्त्र, ६५ हजार नेपाल प्रहरी परिचालन गर्ने मन्त्रालयको तयारी छ। एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी छ। म्यादी प्रहरी छनौटका लागि भदौ ३० देखि नै दरखास्त आह्वान गरिनेछ।
एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुन हुन लागेकोले सुरक्षाकर्मी अपुग हुँदा धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको छ।
आगामी चुनावका लागि गृह र सुरक्षा निकाय मिलेर तयार पारेकव विशेष सुरक्षा योजना पनि आइतबारको बैठकबाट पारित भएको छ।
















राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया