भक्तपुर र काभ्रेका विभिन्न स्थानमा सुन लुटपाटमा संलग्न गिरोह पक्राउ

भक्तपुर । भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा पारी लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ भएकाहरूमाथि थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । साथै लुटिएको सुनको स्वरूप परिवर्तन गर्ने थप दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिल काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिको खोजतलास जारी रहेको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ का बुद्ध तामाङ रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय विशालका राई, सिन्धुली मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका २१ वर्षीय ३ का सुदिप भण्डारी रहेका छन् ।
सुन गाल्ने मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर विक र सुन किन्ने भारत महाराष्ट्र सिङ्ली घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया