बिहीबार, फागुन ७, २०८२

अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

मेरोन्यूज २०८२ माघ १२ गते ७:३३

काठमाडौं । अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित निकालेको छ। आइतबार भारतको गुहाटीस्थित बरसापारा स्टेडियममा अभिषेकले मात्र १४ बलमा अर्धशतक बनाए। उनको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभर दुई बलमा भेट्टाएको हो।

Advertisement
nepal life insurencenepal life insurence

यो सानदार जितसँगै भारतले पाँच खेलको टी–२० सिरिज दुई खेल बाँकी हुँदै उचालेको छ। सिरिजमा भारत ३–०ले अगाडि छ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। न्युजिल्यान्डको ब्याटिङ लाइन भारतका बलर जसप्रित बुमराहले ध्वस्त बनाएका थिए। उनले मात्र १७ रन खर्चिएर तीन विकेट हात पारे। उसका लागि हार्दिक पाण्डेया र रवि विश्वईले दुईदुई विकेट लिए।
१५४ रनको लक्ष्य पछ्याएको भारतका लागि कीर्तिमानी अर्धशतकसहित अभिषेक शर्माले ६८ रन बनाए। कप्तान सूर्यकुमार यादवले ५७ रन बनाउँदा इशान किशनले २८ रन थपे। भारतका सञ्जु सामसन भने शून्यमै आउट भएका थिए।

यो खेलमा भारतले केही महत्त्वपूर्ण रेकर्डसमेत बनाएको छ। ३ ओभर १ बलमा ५० रन पूरा गर्दै भारतले नयाँ रेकर्ड बनाएको हो।

प्रतिक्रिया