आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

अर्मेनिया । आर्मेनिया र अजरबैजानबीच भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् । त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ ।
छिमेकी दुई राष्ट्रहरूले दुईवटा युद्ध लडेका छन् र तीन दशकमा नियमित रूपमा साना झडपहरू देखेका छन् । मंगलबार रसियाले पछिल्लो अशान्तिका लागि युद्धविरामको मध्यस्थता गरेको बताएको छ ।
नागोर्नो–काराबाख क्षेत्र दुई देशको विवादको केन्द्रबिन्दु हो । यो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमाना अनुसार अजरबैजानको एक भाग हो ।
आर्मेनिया बहुसंख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ को अन्त्यमा सोभियत संघको विघटनअघि दुवै देश सोभियत संघको हिस्सा थिए।एजेन्सी
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया