आइतबार, माघ ११, २०८२

काभ्रेको बेथानचोक ४ मा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

मेरोन्यूज २०७९ भदौ ३० गते १०:४५

काभ्रे । काभ्रेको बेथानचोक ४ मा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति गएको पहिरो परी बेथानचोक ४ गणेस्थानका एकै परिवारका ३ जनाको पुरिएर मृत्यु भएको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए ।

उनका अनुसार मृत्यु हुनेमा ४४ वर्षीय छोरा निरबहादुर तामाङ, ४० वर्षीया छोरी सावित्री तामाङ र ६५ वर्षीया आमा ठुलीमाया तामाङ रहेका छन् । केही दिनदेखि सञ्चालन हुँदै आएको ढुङ्गाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको स्थानीयहरु बताउँछन् ।

मृतकको तिनै जनाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको अधिकारीले बताए । उक्त पुरिएको घरबाट अहिले कुखुरा र गाई बाख्रा निकाल्ने काम भईरहेको छ ।

प्रतिक्रिया