नमुना अस्पतालको सञ्चालनको जिम्मा एचडिसिएसले लिने

लमजुङ । सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पताल विकास समितिले सञ्चालन गर्दै आएको नमुना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालनको जिम्मा मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ।
अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारी, सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइराला, समाजसेवी रामबाबु अधिकारी र एचडिसिएसका संस्थापक डा। तीर्थ थापालगायतको टोलीसँग भएको कुराकानीमा अस्पताल व्यवस्थापन र सञ्चालनका लागि सम्झौता गर्ने सहमति भएको हो।
अस्पताललाई एचडिसिएसले व्यवस्थापन र सञ्चालन गर्ने भएसँगै यस क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा पाउने आशा लिएका छन्। अब केही दिनमा नै प्राविधिक, कानुनी, र व्यावहारिक कुराहरू मिलाएर सम्झौता गरिने अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताए।
०६१ सालमा तत्कालीन सुन्दरबजार गाविसका केही व्यक्तिको नेतृत्वमा भरपर्दो स्वास्थ्य सेवा दिने अस्पतालको परिकल्पना गरी अस्पताल विकास समिति दर्ता गरेका थिए। त्यसपछि तत्कालीन सुन्दरबजार गाविससहित १९ वटा गाविसका बासिन्दालाई सेवा दिने गरी त्यसैलाई सेवा क्षेत्र राखेर अस्पतालले काम गर्दै आएको थियो।
लमजुङ जिल्ला अस्पताल पनि यसअघि एचडिसिएसको व्यवस्थापनमा सञ्चालन हुँदै आएको थियो। २२ वर्ष सञ्चालन र व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएपछि जिल्ला अस्पतालमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको थियो। हाल उक्त अस्पताललाई सम्झौता रद्द गरी प्रदेश सरकारले नै सञ्चालन गर्ने निर्णय गरेको छ।
अस्पतालबाट लमजुङ, मनाङ, गोर्खाको पश्चिमी क्षेत्र, तनहुँको उत्तरी क्षेत्र, कास्कीको पूर्वी क्षेत्रलगायत स्थानका सर्वसाधारणले थप गुणस्तरीय सेवा पाउनेछन्।
















Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया