बालबालिका हराउँछन् तर भेटिदैनन्

तुलसीपुर । दाङमा गएको आर्थिक वर्ष २०७८/ ७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् ।
त्यस्तै, चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए । ती मध्ये १५ फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन् । त्यस्तै २५ बालिका हराएकामा १७ फेला परेका छन् भने आठ जना अझै फेला पर्न सकेका छैनन् ।
जिल्लामा गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउनेजस्ता कारणले बालक हराउने गरेको उनको भनाइ थियो । एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेट्टाउन समस्या सहने गरेको उनले बताए ।
त्यस्तै, बालिकामा पनि बिहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनी उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । हराएका मान्छे भेटिए पनि आफन्तले खबर नगर्दा पनि हराएकाहरू नभेटिएको तथ्याङ्कमा नआउने गरेको उनको भनाइ छ ।
जिल्लामा गत आवमा तीन सय ५३ महिला हराएका छन् भने तीन सय छ जना फेला परेका छन् । ४७ महिला अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौमा ६० महिला हराएकामा ३५ जना भेटिएका छन् भने २५ जना अझै फेला पर्न सकेका छैनन् । रासस
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया