डा. केसी पक्ष र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित ९ दिनयता अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ ।
वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र शिक्षासविच रामकृष्ण सुवेदी सहभागी थिए । नेपाल मेडिकल एसोसिएसनबाट डा. अनिलविक्रम कार्की सहभागी थिए । डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल, डा. विष्णु पोखरेल थिए । यसअघि आइतबार र सोमबार भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो ।
डा. केसीलाई लिन धनगढी गएको नेपाली सेनाको स्काइ ट्रक (हेलिकोप्टर) भने रित्तै फर्किएको छ ।











देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया