‘प्रेम गीत-३’ आजबाट ‘वर्ल्डवाइड’ रिलिज

काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको सिनेमा शुक्रबारबाटै भारतलगायत विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो । ‘प्रेम गीत–३’को हिन्दी संस्करण भने नेपालमा सोमबारबाट मात्रै लाग्ने भएको छ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले सिनेमाको हिन्दी डबको सेन्सर रोकिएको थियो ।
भारतका थिएटरमा नेपाली सिनेमा हिन्दीमा डबिङ भएर रिलिज भएको यो नै पहिलो चलचित्र हो ।
‘प्रेमगीत ३’को हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीतसंगीतले पाएको लोकप्रियताका कारण ठूलो हाइप बनाएको छ । आक्रामक अग्रीम टिकट बुकिङले पनि सिनेमाले कमाइमा रेकर्ड बनाउने संकेत गरिसकेको वितरक गोविन्द शाही बताउँछन् । सिनेमाको पहिलो दिनको कमाइ साढे २ करोड माथि हुने अनुमान उनको छ । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया