सोमबार, माघ १२, २०८२

बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

मेरोन्यूज २०७९ असोज ८ गते १७:१५

काठमाडौँ । बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगर महानगर ७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया