करेन्ट लागेर दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ असोज १० गते १७:०१

काठमाडौँ । कञ्चनपुर पुनर्वास नगरपालिका ५ बस्ने ३४ वर्षीय बलबहादुर बोहराको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँस्थित थापा पावरोटी फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, बर्दियाको राजापुर नगरपालिका ८ भोगपुर बस्ने ३२ वर्षीया अस्माली थारुको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । उनकै सासु ५० वर्षीया लालमति थारुले घरको आगनमा घर र काठको खम्बामा बाँधेको ग्याबिनको तारमा कपडा सुकाउँदा करेन्ट लागेको थियो ।
घटनामा लालमतिको नातिनी ७ वर्षीया श्रीषा थारुले छुटाउन खोज्दा तीनै जनालाई करेन्ट लागेर घाइते भएका छन् । उनीहरुको उपचार लागि नर्सिङहोम नेपालगञ्ज लगिएकोमा अस्मालीको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’
PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले खोले बैंक खाता
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
प्रतिक्रिया