ट्राफिक प्रहरीले स्थापना गर्यो उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं । नजिकिँदै गरेको दशैँ, तिहार लगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । बुधवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ ।
कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए । सो कक्षबाट २ वटा गुनासो समेत सुनिएको उनले बताए ।
चाडपर्व लक्षित अनुगमन प्रहरी उपरीक्षकको कमाण्डमा भइरहेको जनाइएको छ । दशैँ अवधिभर १ हजार ४६८ जना ट्राफिक प्रहरी खटाइने प्रवक्ता भट्टले बताए । प्रहरी नायब उपरीक्षकको कमाण्डमा उपत्यकाका विभिन्न स्थानमा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुने सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।
८ ठाउँबाट यान्त्रिक परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाइएको छ । उपत्यकाबाट बाहिरिने नाकामा दैनिक एक स्थानमा लागु पदार्थ सेवनको पनि चेकिङ गरिने बताइएको छ । त्यस्तै तिब्र गतिको चेकिङ ५ स्थानमा र लामो दूरीका सवारी साधनहरुलाई लक्षित गरी विशेष चेकिङ ९ स्थानमा गरिरहेको प्रवक्ता भट्टले बताए ।
उनले बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालामा सादा पोशाकमा प्रहरी परिचालन गरी बढी भाडा लिने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राखि आवश्यक कारबाही गरिने पनि जानकारी गराए ।
















नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
Women’s T20 World Cup Global Qualifier: Nepal out of Group Stage
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया