ललितपुरबाट छ लाख बढी रकम सहित १४ जुवाडे पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-१३ नख्खुखोला नजिक अवैध रुपमा लङगुर बुर्जा खेलिरहेको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका(१ घर भई ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने २५ वर्षीय प्रेम बुढा सहित ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा लङगुर बुर्जा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ६ सय ३० रूपैयाँ र लङगुर बुर्जा खेल्न प्रयोग भएका सामानहरु सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर महानगरपालिका-१५ खुमल्टार बस्ने गौरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय भरत बजगाई सहित ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















जन्ममिति बदलेर सरकारी निकायलाई पारियो गुम्राह, अझै छानबिनको टुंगाे लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया