अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन् ।
यो वार्षिक रुपमा लिइएको तथ्याङ्क हो ।विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ । यहाँ मानसिक रोग भएका नागरिकहरुको संख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरुको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो । अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ ।
सन् १९९० मा मानसिक रोग भएका मानिसहरुको संख्या ५ करोड ३० लाख मात्र रहेकामा अहिले यो सङ्ख्या बढेको हो । मानिसहरुको उपचार तथा उनीहरुका समस्याहरुको सहजीकरण गरिने भएको छ । यहाँ सामाजिक सञ्जालहरुबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो । यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो सङ्गठनले जनाएको छ ।
यहाँका आमसञ्चारका माध्यमहरुका साथै सामाजिक सञ्जालहरुमा चेतनामूलक सामग्रीहरु प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्रीहरु प्रेषित गरिने जनाइएको छ । त्यस्तै मानसिक रोग भएकाहरुको उपचारका लागि पनि विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देश र क्षेत्रहरुमा अभियान थाल्ने जनाएको छ ।











निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया