शनिबार, पुष १२, २०८२

मन्त्री भुसालले लिइन् शताब्दी पुरुषको स्वास्थ्यबारे जानकारी

मेरोन्यूज २०७९ असोज २४ गते १९:३५

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजमा आज पुगेर मन्त्री भुसालले अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यसँग जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । यस क्रममा मन्त्री भुसालले उनको स्वास्थ्यलाभको कामना गरिन् ।

अस्पतालका निर्देशक बज्राचार्यले उनको उपचार निःशुल्क रुपमा गरिएको जानकारी गराएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणका क्रममा उनमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया