दाँत निकाल्ने २२ वर्षीय नक्कली डाक्टर पक्राउ
मेरोन्यूज
२०७९ असोज २७ गते १९:०१
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका १ का २२ वर्षीय डिल बहादुर महतारा हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका ६ स्थित समाज डेण्डल केयर क्लिनिकका सञ्चालक हुन् ।
वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नु पर्ने सुझावअनुसार उनी राजी भइन ।
तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए । ती महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महतारालाई पक्राउ गरी अनुसन्धान हुँदा उनले आफू चिकित्सक नभएको स्वीकारेका छन् । उनीमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित











देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया