दाँत निकाल्ने २२ वर्षीय नक्कली डाक्टर पक्राउ
मेरोन्यूज
२०७९ असोज २७ गते १९:०१
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका १ का २२ वर्षीय डिल बहादुर महतारा हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका ६ स्थित समाज डेण्डल केयर क्लिनिकका सञ्चालक हुन् ।
वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नु पर्ने सुझावअनुसार उनी राजी भइन ।
तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए । ती महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महतारालाई पक्राउ गरी अनुसन्धान हुँदा उनले आफू चिकित्सक नभएको स्वीकारेका छन् । उनीमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया