शुक्रबार, पुष ११, २०८२

सत्यमोहनको स्वास्थ्य अवस्था स्थिर

मेरोन्यूज २०७९ असोज २९ गते १३:१४

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

१०३ वर्षीय जोशी २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् ।

निमोनिया र पिसाबको संक्रमण, मुटु रोगसँगै पछिल्लो समय जोशी डेंगु संक्रमणबाट संक्रमित भएका थिए । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ ।

किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ ।

प्रतिक्रिया