मंगलबार, चैत १०, २०८२

खेल्दै गर्दा म्याराथन धाविका पुष्पाको खुट्टा ‘फ्याक्चर’

मेरोन्यूज २०७९ कार्तिक १ गते १४:४९

काठमाडौँ । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनको खुट्टामा चोट लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । ‘२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो,’ उनले भनिन्, ‘पहिला वास्ता गरिनँ, पछि अरू १० किलोमिटर कुदेँ, त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो, अनि कुद्न सकिनँ ।’

उनलाई पोखरास्थित अन्नपूर्ण अस्पतालमा उपचार गरिएको छ । उनको गोलीगाँठोभन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पुष्पाले १३ औँ साग गेममा दुई घण्टा ५० मिनेट ११ सेकेण्डमा म्याराथन पूरा गरी महिला म्याराथनमा पहिलो रजत पदक जितेकी थिइन् ।

उनी महिला म्याराथनतर्फ साग अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया