प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटीको आइसीयूमा भर्ना
मेरोन्यूज
२०७९ कार्तिक २ गते १७:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
उनलाई मेडिसिटी हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार सुरु गरिएको हो । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक कार्यक्रममा बोल्दै सीतालाई आकस्मिक रुपमा अस्पताल लैजान परेकाले प्रचण्ड कार्यक्रममा आउन नसकेको जानकारी दिएका थिए ।
‘आज अध्यक्ष कमरेड तपाईंहरू समक्ष उपस्थित हुन सक्नु भएन,’ कार्यक्रममा उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानु पर्ने आपतकालीन अवस्थाका भयो, उहाँ अहिले मेडिसिटी हस्पिटलको हुनुहुन्छ ।’
प्रचण्ड पत्नी दाहाल केही वर्षदेखि अस्वस्थ रहँदै आएकी छन् ।
सम्बन्धित











निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ककसलाई लाग्छ आचारसंहिता ?
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया