नेपालमा कोरोनाको ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ फेला
मेरोन्यूज
२०७९ कार्तिक ७ गते १९:०५
काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट फेला परेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए ।
उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका सङ्क्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमूनाको परीक्षण गरिएको थियो । मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा सङ्क्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन् । मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ ।
सम्बन्धित










आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया