फर्किन् चिनियाँ राजदूत होउ यान्छी
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्केकी हुन्

काठमाडौं । झन्डै चारवर्षे कार्यकाल पूरा गरी चिनियाँ राजदूत होउ यान्छी स्वदेश फर्केकी छिन । उनी मंगलबार बिहान ९ बजे हिमालय एयर H9874 बाट काठमाडौं-कुन्मिङ उडानबाट स्वदेश फर्केकी हुन ।
सन् २०१८ डिसेम्बरमा उनी नेपालका लागि राजदूत बनेर आएकी थिइन् । उनी राजदूत बनेर नेपाल आएपछि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेका थिए ।
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्केकी हुन् । चीन फर्किनु अघि उनले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरूसग भेट् गरेकी थिइन् ।

राजदूत होउलाई चीनले बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागेको छ ।
राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे चीनले निर्णय गरिसकेको छैन ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले आइतबार मात्रै राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक महासचिव चयन गरेको र चीनको ७ सदस्यीय नयाँ स्थायी समितिले आन्तरिक र बाह्य नीति तय गर्ने क्रममा त्यसको प्रभाव छिमेकी नेपालमा पनि पर्ने देखिएकोले नेपालमा चीनले नयाँ राजदूत पठाउदा उच्च महत्व दिने सम्भावना छ ।
स्वदेश फिर्ता हुनुअघि राजदूत यान्छीले नेपालमा रहँदा गाँसिएको गहिरो मित्रताको आफूले सधैं कदर गर्ने विश्वास दिलाएकी छिन् ।
उनले सामाजिक सञ्जाल टिवट्टरमा भनेकी छिन् ‘कार्यकाल पूरा गरेर म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु। सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु ।’

















Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया