बिहीबार, पुष १०, २०८२

डेङ्गु सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक २१ गते २०:४७

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार २१७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार ८२७ र प्रदेश १ मा एक हजार ९३३ रहेका छन् । यस्तै, सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६७२ पुगेको छ ।

काठमाडौँ जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार ७३२ पुगेको छ ।

यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया