अमेरिका र अष्ट्रेलियामा ‘हिजो आजका कुरा’

काठमाडौं । अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ ।
निर्देशक साकार पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ ।
गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिएका छन् । उनका अनुसार अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रिमीयर हुदैछ । त्यसपछि फ्युजन मिडिया प्रोडक्शनले अन्य शहरहरुमा ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नेछ ।
‘विदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्,‘अमेरिका,अष्ट्रेलिया झै क्यानडा,युरोप,जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय ९अशोक० र सचितकुमार मिश्र छन् ।
फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा विश्वकर्मा, स्व।जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।









आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
प्रतिक्रिया