लक्ष्मी बैंकले ‘फिफा विश्व कप २०२२’लाई लक्षित गर्दै ल्यायो नयाँ योजना

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भइसकेको छ । फुटबलका पारखी नेपाली प्रशंसक हरियो मैदानमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भएका छन् ।
विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोल रक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्य “सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ ।
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताको भविष्य उज्ज्वल बनाउन ‘बचत’को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्तालाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

















‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया