मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

काठमाडौं । मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरूबीचको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रहरूका विवाहित सुन्दरीले स्पर्धा गर्दैछन्।
मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस वर्ल्डमा यससम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपी रसाइली र मनिष राईले तयार पारेको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।
स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षाको मेकअप हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले गर्नेछिन्।
















रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया