मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

काठमाडौं । मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरूबीचको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ। प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रहरूका विवाहित सुन्दरीले स्पर्धा गर्दैछन्।
मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस वर्ल्डमा यससम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपी रसाइली र मनिष राईले तयार पारेको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।
स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षाको मेकअप हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले गर्नेछिन्।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया