उपत्यकामा सवारी आवागमनमा चाप, नियम पालना गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं। काठमाडौं उपत्यकामा सवारी आवागमनमा चाप देखिएको छ । सोमबार उपत्यकाका विभिन्न स्थानमा सडक मर्मत लगायतका कार्य भइरहेकाले सवारीमा आवागमनमा चाप देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार लैनचौर ब्यांक्वेट अगाडी सडकमा खानेपानीको पाइपबाट पानी लिकेज हुँदा त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानी विभाग, टुकुचा, संग्राहलय, दक्षिणगेट, लैनचौर चोकमा सवारी क्युमा चलिरहेका छन् ।
यस्तै, सवारी साधनको संख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन क्युमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माण भइरहेकाले पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुबाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाइएको छ ।
सवारी चाप रहेका स्थानमा व्यवस्थापन सहज बनाउन ट्राफिक नियम पालना गर्न प्रहरीले अनुरोध गरेको छ । सडक पिच गर्न माग गर्दै स्थानीयले गरेको अवरोधका कारण थली साँखु सडक खण्ड हुँदै चल्ने सवारी साधनलाई मुलपानीबाट ब्रह्मखेल हुँदै आउने जाने व्यवस्था गरिएको छ ।
वैकल्पिक मार्गको रूपमा डाँछीबाट सुन्दरीजल, गोकर्ण हुँदै जोरपाटी निस्कन समेत सकिने प्रहरीले जनाएको छ । नाकाहरूको भने, सवारी आवागमन भने सामान्य तवरले सञ्चालन भइरहेको बताइएको छ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया