हुम्लाको सिमकोटबाट १५ वर्षीया किशोरी बेपत्ता
मेरोन्यूज
२०७९ मंसिर २६ गते १९:५३

सिमकोट । सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । प्रहरीका अनुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो । पत्रका आधारमा प्रहरी नजिकैको कर्णाली नदीमा हामफालेको हुन सक्ने आशंका गरेको छ । सोही गाउँपालिका–८ को खोल्सी गाउँका एक जना युवा अनिल शाहीसँग सिंहको प्रेम सम्बन्ध थियो ।
आइतबार ती युवाले अर्कै युवतीसँग बिहे गरेको जानकारी पाउनेबित्तिकै उनी बेपत्ता भएकी हुन् । बेपत्ता सिंहका परिवारले युवाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
अहिले प्रहरी र स्थानीय मिलेर सिंहको खोजी जारी राखेको छ । अर्कै केटी बिबाह गरेका शाही पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया