बुधबार, माघ १४, २०८२

महिलाको हत्या आरोपमा २० वर्षीय दुई युवक पक्राउ

मेरोन्यूज २०७९ मंसिर २९ गते १४:४६

काठमाडौँ । सिराहाको मिर्चैयामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घाँस काट्न गएकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार अपराह्न सिराहाको कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मीनियादेवी कापरको हत्यामा भएको थियो ।

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका १ का २० वर्षीय नितेशकुमार रजक र वडा नम्बर २ मल्हनिया टोलका २० वर्षीय राजकुमार महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

उनीहरूले ती महिलालाई बलात्कार गर्न खोज्दा प्रतिकारमा उत्रिएपछि हत्या गरी फरार भएका हुन् ।

प्रतिक्रिया