२७ लाख रुपैयाँको सुन चोरी गर्ने एक महिला पक्राउ

काठमाडौँ । ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा प्रहरीले पर्वतको मोदी घर भएकी टीका श्रेष्ठलाई पक्राउ गरेको हो ।
ललाइफकाइ गरेर नौ जनाका सुनको गहना चोरी गरेको आरोपमा उनी पक्राउ परेकी परेकी हुन् । पोखराका विभिन्न स्थानका वृद्ध वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले पोखरा रानीपौवाका ७८ वर्षीय दुर्गाकुमारी पाध्याको सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्न बाला, औठी र टप चोरी गरेकी छिन् ।
पाटनबेसीका ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको सिक्री र औठी, माटेपानीका ७० वर्षीय तिलकुमारी थापाको सुनका बाला २ जोर, गैह्रापाटनका ७९ बर्षीय लक्ष्मी कोइरालाको सुनको सिक्री, उपकार मार्गका ९० वर्षीय शान्तिमाया गुरुङको सुनको सिक्री, फूलबारीका ८७ बर्षीय ठगकुमारी महतका सुनको सोवकी र औठी, गलेश्वर मार्गका ५४ बर्षीय दुर्गा गिरीको मंगलसुत्र, चोरी गरेको प्रहरीले जनाएको छ ।
यस्तै, पोखरा महानगर २७ की ६५ वर्षीय मधुमाया पौडेलको मंगलसुत्र, झुम्का, चुरी, औठी, चन्द्रमा र तिलहरी र मिनलटोलका ८२ बर्षीय डुमादेवी थापाको सुनको बाला चोरी गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ ।
















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया