वीरगञ्जको गोदामबाट २१ लाख रुपैयाँको सामान बरामद
काठमाडौँ । भारतबाट तस्करी गरेर वीरगञ्जमा भण्डारण गरी राखिएका खाद्यान्नलगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।
वीरगञ्ज महानगर ११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ ।
सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी रानीघाटका चारवटा गोदममा छापा मारेर ती सामान बरामद गरेको हो ।
प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनाधिकृत रूपमा गोदाममा लुकाएर राखिएका २८१ क्विन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल मेडिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ मुल्यका सामान बरामद गरिको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
बरामद सामग्रीहरू अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया