बिहीबार, माघ १५, २०८२

हत्या अभियोगमा मागेर खाने व्यक्तिसहित सात जना पक्राउ

मेरोन्यूज २०७९ पुष २ गते १६:५८

रुपन्देही । जिल्लाको बुटवल उपमहानगर ९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको हत्या अभियोगमा सात जना पक्राउ परेका छन् ।

धारिलो हतियार चक्कु प्रहार गरी सोनीको हत्या गरेको अभियोगमा बुटवल उपमहानगर ८ राजमार्ग चौराहमा मागेर खाने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगरसहित सात जना रहेको प्रहरीले जनाएको छ ।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर पाएसँगै वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो ।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारका क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया