विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?

मुम्बई । अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखापरिन् ।
अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको फाइलनमा दीपिकाले लुसेल स्टेडियममा पूर्व स्पेनिस गोलकिपर इकर कासिलासका साथ फिफा विश्वकप २०२२ को ट्रफी अनावरण गरेकी थिइन् ।
यो ट्रफी अनावरण गर्ने दीपिका पहिलो ग्लोबल स्टार हुन् । अहिले दीपिकालाई यो ट्रफी अनावरण गर्न किन छनोट गरियो भन्ने विषयमा सर्वत्र चासो छ । यो ट्रफी १८ क्यारेट सुनबाट बनाइएको थियो । यो ट्रफीलाई विशेष व्यक्तिले मात्र छुन पाउँछन् । धेरैले दीपिका आफ्नो फिल्म ‘पठान’को प्रमोसनका लागि त्यहाँ पुगेको बताउँदै आएका छन् ।
तर यो ट्रफी केस इन्टरनेसनल लग्जरी ब्राण्ड लुई विटोनले डिजाइन गरेको हो । दीपिका यसको ब्राण्ड एम्बासेडर हुन् । यहीकारण दीपिकाले ट्रफीको अनावरण गर्ने मौका पाएकी हुन् ।









महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया