बिहीबार, माघ १५, २०८२

कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

मेरोन्यूज २०७९ पुष ६ गते १४:२४

मोरङ । जिल्लाको केराबारी गाउँपालिका ९ बस्ने ४३ वर्षीय दुर्गा कुमार राईको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ बस्ने ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बु रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवाद हुँदा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारको लागि न्युरो अस्पताल विराटनगर लगे पनि उपचार हुन नसकेपछि घर ल्याएकोमा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया