१३ देखि १६ वर्षका ८ किशोरी मिलेर ५९ वर्षीयको हत्या

टोरन्टो ।क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ । आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।
आइतवार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा पाएपछि स्थानीयले आपत्कालीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ । उनको अस्पतालमा मृत्यु भएकको थियो । उनको पेटमा चक्कु प्रहार भएको छ ।
क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ति किशोरीहरुलाई आक्रमण भएको क्षेत्रमा पक्राउ गरिएको र उनीहरुबाट हतियार जफत गरिएको छ । उनीहरू सामाजि सञ्जालका माध्यममार्फ भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्रहरीसँग सम्पर्क रहेको बताइएको छ । आक्रमणको साँझ एउा विवादमा संलग्न रहेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया