बिहीबार, माघ १५, २०८२

सन्दीप प्रकरण : काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै

मेरोन्यूज २०७९ पुष ७ गते ११:२५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै छ ।

सन्दीपको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ ।

सन्दीपको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर भएको हो ।

सन्दीपलाई १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन्। अर्कातर्फ आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ।

प्रतिक्रिया