बिहीबार, माघ १५, २०८२

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ पुष ११ गते २०:४१

काठमाडौँ । कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका १८ निम्बुखेडाबाट अवैध लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् ।

एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन् । 

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरीर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया