कोरोना सङ्क्रमणबाट सतर्क रहन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसबाट सुरक्षित रहनका लागि जिल्लावासीलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा कोरोना सङ्क्रमण नेपालमा कम हुँदै गए पनि छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह गरिएको छ ।
अहिले भीडभाड हुने स्थानमा नजाने, सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्क लगाउने, एक अर्काबीच भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र गराउने तथा अन्य स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
साथै कोरोना सङ्क्रमणविरुद्धको बुस्टर डोजको मात्रा लगाउन छुटेकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउनसमेत प्रमुख जिल्ला अधिकारी पाण्डेले आग्रह गरे ।
–––
















अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
अमेरिकामा अत्यधिक हिमपात, सयौ उडान अवरुद्ध
नेप्सेमा झिनो अंकको सुधार, काराेबार रकम ८ अर्ब २२ करोड
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया