पुष्पा २ मा रश्मिकालाई हटाइदै छ ?

विगतमा पुष्प २ बाट रश्मिका मन्डानालाई रिप्लेस गरेको खबर बाहिर आएको थियो । रश्मिकालाई फिल्मको दोस्रो भागबाट हटाइएको भनिएको छ । तर रश्मिकाले यस कुरालाइ अफवाह भनेकी छन् ।
गाल्टा प्लसलाई दिएको एक अन्तर्वार्तामा रश्मिकाले भनिन्– ‘फिल्मबाट मलाई रिप्लेस गरेको धेरै समाचार आइरहेका छन् । तर त्यस्तो होइन, फिल्मको छायांकन सुरु गर्न पाउँदा म निकै उत्साहित छु । अर्को महिनादेखि फिल्मको छायांकन सुरु गर्छु भन्ने लागेको छ । यो फिल्म पहिलो भाग भन्दा ठूलो र राम्रो हुनेछ। फिल्मको दोस्रो हाफ निकै रोचक रहेको सुनेको छु ।’
रश्मिका ‘पुष्पाः द राइज इन पुष्पाः द राइज’ बाट स्टार बनेकी रश्मिकाले श्रीवल्लीको भूमिकाबाट देशैभर चिनिन सफल भइन् । फिल्ममा अल्लु अर्जुनसँगको उनको केमेस्ट्री निकै रुचाइएको थियो ।
हालसालै खबरहरू आएका थिए कि निर्माताहरूले साई पल्लवीलाई दोस्रो भागको लागि सम्पर्क गरेका थिए। तर, अहिले रश्मिकाले यी खबरलाई पूर्णविराम लगाएकी छिन् ।









ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया