सोमबार, माघ १९, २०८२

आज देशभर माघे संक्रान्ति मनाउँदै

मेरोन्यूज २०७९ माघ १ गते ६:३८

काठमाडौँ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति)को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । यस अवसरमा आज विभिन्न स्थानमा गोरु जुधाउने गरिन्छ ।

प्रतिक्रिया